‘नाच फिरिरी’मा निश्चल र स्वस्तीमाको रोमान्स ! (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ श्रावण ११, शुक्रबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

साउनसिनेमा ‘दुई रुपैयाँ’को एउटा गीतमा निश्चल बस्नेत र स्वस्तीमा खड्काको जोडीलाई देखेर दर्शक खुशी भएका थिए । वास्तविक जीवनमा पनि रुचाइएको यो जोडीलाई सिनेमामा पर्दा कहिले बाँड्ने ? भनेर दर्शक तथा शुभचिन्तकले सोधिरहेका हुन्छन् ।

तर उनीहरुले भने अहिले नै यसको बारेमा केही नसोचेको र कथाले मागेको खण्डमा पर्दामा एक साथ काम गर्ने बताउँदै आएका छन् । दर्शककै मायाका कारण यो जोडीले एक साथ काम गरेको ‘कुटुमा कुटु’ युट्यूबमा सबैभन्दा धेरै पटक हेरिने नेपाली गीत पनि बनेको छ ।

‘कुटुमा कुटु’लाई रिलिज भएको एक वर्षमा युट्यूबमा सात करोड भन्दा धेरै पटक हेरिसकिएको छ ।

दर्शकले वास्तविक जीवन र पर्दामा पनि रुचाएको यो जोडी फेरि एक पटक पर्दामा एक साथ प्रस्तुत भएको छ । जी ट्वेन्टी वानले निर्माण गरेको ‘नाच फिरिरी’मा यो जोडीलाई फिचर गरिएको छ जसको आधिकारिक भिडियो शुक्रबार सार्वजनिक भएको छ । शुक्रबार जी ट्वेन्टी वानकै युट्यूब च्यानलबाट गीतको भिडियोलाई सार्वजनिक गरिएको छ ।

निश्चल बस्नेतको निर्देशनमा तयार भएको यस भिडियोमा निश्चल र स्वस्तीमासँगै क्रिस्टल क्लाउड र कलाकार प्रकाश घिमिरेलाई पनि फिचर गरिएको छ ।

महेश काफ्ले र मेलिना राईको आवाज रहेको यस गीतमा महेश काफ्लेको शब्द र संगीत रहेको छ ।

शिवराम श्रेष्ठ र सुरज श्रेष्ठको छायाकंन रहेको यस भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस