टंक डुम्रे यो सालको तिज गित ‘मेरी दिदी मोटी’ ! (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ श्रावण २१, सोमबार (६ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

साउन २१,काठमाडौँ । स्याङजाको वालिङमा जन्मेर , हास्य कलाकारितामा एक दशकसम्म आबद्द रहेको ब्यक्ति हुन् टंक डुम्रे यो सालको तिज गित ‘मेरी दिदी मोटी’ बोलको गितमा आफ्नै लय र स्वरमा आएका छन । गायिका प्रतीक्षा वाग्लेले उनलाई यो गितमा साथ दिएकी छिन ।

स्याङजाको वालिङबाटै स्थानिय कलाकार हुँदै राष्टियस्तर सम्म अनुभव रहेका उनले ,भिडियोमा आफ्नै अभिनयसंगै अन्य दिदिहरुको अभिनय गराएका छन ।

पछिल्लो समय स्टेज प्रोग्राममा निकै ब्यस्त,हाँस्य कलाकारको रुपमा चिनिएका डुम्रेले १ दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेको छन । आफ्नो कलाकारितालाइ फराकिलो बनाउँदै सांगितिक क्षेत्रमा समेत क्रियासिल डुम्रे राष्ट्रिय संगीत कर्मि संघ गण्डकी प्रदेशका सदस्य समेत हुन ।

यस अघिको कमेडी लोकदोहोरी गित बैनी मिलाइदेउ बाट चर्चा बनाउन सफल भएका डुम्रे हाँस्य बिदालाइ नै फोकस गरेर गित निर्माण गर्छन । सांगितिक भुमिका लागि स्याङजा अगाडि नै देखिन्छ यसै स्याङ्जाका डुम्रे पछिल्लो समय नेपाली चलचित्र ‘रेनि’मा समेत कमेडि पात्रको रुपमा मुख्य भुमिकामा अभिनय गरेका छन ।

उक्त चलचित्र भदौ ८ गते बाट देशैभरि एकैसाथ रिलिज हुँदैछ । यतिबेला डुम्रेले रेनि चलचित्र प्रमोसनमा निकैब्यस्त रहेको बताएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस