माया पाउनलाई करोड क्लबमा

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ भाद्र १०, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १०, काठमाडौं । लोकप्रिय गायक युवराज चौलागाई‌को स्वर रहेको आधुनिक गीत तिम्रो माया पाउनलाई करोड क्लबमा प्रवेश गरेको छ। उनले आफ्नै युट्युबमार्फत करिब १ वर्षअघि सार्वजनिक गरेको उक्त गीतले दर्शकको मायाका कारण यो स्थानमा पुगेको बताए।

‘प्रायः आधुनिक गीतको भिडियोमा धेरै भ्युज जाँदैन, तर कुनै प्रोमोसन र बुस्टबिना गीतले यो सफलता पाउनु स्रोता र दर्शकले दिनुभएको माया र साथका कारण नै होु, युवराजले भने– ‘यसका लागि उहाँहरूप्रति धेरै आभारी छु।

नायक तथा मोडल पल शाहको निर्देशन रहेको गीतको भिडियोमा पलको साथमा नायिका आँचल शर्माको अभिनय रहेको छ।

गीतमा चन्द्रज्योति आले मगरको शब्द, राजकुमार बगरको संगीत र राजन इशानको संगीत संयोजन रहेको छ।

भिडियोमा अनिल के मानन्धरको छायांकन तथा शिलन लम्सालको सम्पादन रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस