चलचित्र ‘तुलसी’ (भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ भाद्र १४, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

भाद्र १४, काठमाडौं । ऋचा घिमिरेको प्रस्तुतिमा, शंकर घिमिरेको निर्माण तथा निर्देशनमा तयार नेपाली कथानक चलचित्र ‘तुलसी’ बोधी एचडीको आधिकारीक यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ।

चलचित्रमा ऋचा घिमिरे, विमलेश अधिकारी, आयुष रिजाल, जयकिसन बस्नेत, विष्णु सापकोटा, पुष्कर भट्ट, सुष्मा कार्की आदि मुख्य भुमिकामा छन् भने विशेष भुमिकाहरुमा महानायक राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धर, मौसमी मल्ल र तृप्ती नाडकर रहेका छन्।

मिजास इन्टरटेन्मेन्ट एन्ड मिडिया प्रालीको ब्यानरमा तयार तुलसीको साङ्गीतिक पाटो वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको अनुभवले सजिएको छ। यस अघि सार्वजनिक ‘आजको रमाइलो बेला’ बोलको गीतलाई दर्शकले रुचाएका छन् जसमा एकसाथ सबै सुपरस्टारहरु राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठ, तृप्ति नाडकर, भुवन केसी, मौसमी मल्लको नृत्य रहको थियो। चलचित्रमा जम्मा पाँचवटा गीतहरु रहेका छन् जसमा आशा भोषले, साधना सरगम, शान तथा सुपरहीट लोकप्रिय गायक स्व कुमार कान्छाले स्वर दिएका छन्।

पाँचवटै गीत मुम्बईमा रेकर्ड गरिएका हुन जसमा गीतकार सुरेश अधिकारीको शब्द रहेको छ। चलचित्र तुलसीको एउटा गीतमा भने बसन्त सापकोटाले सङ्गीत भरेका छन् त्यसमा शिव परियारको स्वर रहेको छ। तुलसीलाई शिवम् अधिकारीले लेखेका हुन् जसको सम्पादन शिव पुरीले गरेका हुन् भने यसमा छायाँकन दीपक बज्रचार्यको रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस