गायक तथा सर्जक वसन्त थापाको लोक पप गीत ‘उकाली’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ पौष २२, मंगलबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाण्डौँ । गायक तथा सर्जक वसन्त थापाको अभिनय तथा निर्देशनमा लोक पप गीत ‘उकाली’ सार्वजनिक भएको छ । सम्भोज मल्लको शब्द, संगीत र आवाजमा रहेको उकाली बसन्त थापा नामक युट्युबाट सोमबार सार्वजनिक भएको हो । भिडियोमा निर्देशक तथा मोडल सुनिल क्षेत्री, बसन्त थापा, दिनेश, प्रलाद र ऐश्वर्य सुनुवारको अभिनय छ । भिडियोको कोरियोग्राफर सुनिल क्षेत्रिले गरेका हुन् ।

भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने सम्पादन अमृत चापागाईले गरेका हुन् । पछिल्लो समयमा बसन्त थापाको ‘उही खोलीमा पानी‘’ , ‘सालको पात।’, ‘लोभी आँखा‘’, ‘बोकेझार‘’ जस्ता गीतहरु चर्चामा छन् । भिडियोको पोस्ट प्रोडक्सन जनता डिजिटल एण्ड फिल्मिस्ले गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस