पौष २२, काठमाण्डौँ । अविनाश थापा मगर र मुना थापा मगरले ‘छोटेलुदी सुसारे गाउँ’ बोलको गीत भिडियोसहित सार्वजनिक गरेका छन् । गायिका अन्जना गुरुङ र गायक गणेश गुरुङको स्वर रहेको गीत अविनाशले युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा अविनाश र गणेशको शब्द÷संगीत रहेको छ भने भिडियो निर्देशन दिप गुरुङले गरेका छन् । म्युजिक भिडियोको दृश्यांकन मधुर बस्नेत तथा सुजन शाहीको सम्पादन रहेको छ । सिनेम्याटिक प्रविधिमा भिडियो निर्माण भएको छ ।
खासगरी गोरखाको मौलिक संस्कृति, रहनसहन, मनकामनालगायतका स्थानीय धार्मिकस्थलहरु म्युजिक भिडियोमा कैद भएको छ ।
खासगरी नेपाली लोकगीत, संस्कृतिको जगेर्ना, पहिचान, भेषभूषा संरक्षणलाई ध्यान दिएर भिडियो ल्याइएको अविनाशले जानकारी दिए । म्युजिक भिडियोमा मनोज थापामगर, सचिन थापामगर, सगुन थापा मगर, रामकुमार थापामगर, लिला थापामगर, कन्चना थापामगर, सुपर्ना थापामगर, नम्सरा थापामगर, गेसरा थापामगरले अभिनय गरेका छन् ।