चक्रपथ–रत्नपार्क–सातदोबाटो मेट्रोरेल सञ्चालनका लागि डीपीआरको तयारी सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १७, शनिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण १७, काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले चक्रपथ–रत्नपार्क–सातदोबाटो मेट्रोरेल सञ्चालनका लागि डीपीआरको तयारी सुरु भएको जानकारी दिएका छन् । शनिबार मन्त्री नेम्वाङले १०० दिने प्रगति विवरण सार्वजनिक गर्दै चक्रपथ–रत्नपार्क–सातदोबाटो मेट्रोरेलको डीपीआरको तयारी सुरु भएको जानकारी दिएका हुन् । उनले आफ्नो सयदिने उपलब्धि गौरव गर्नलायक रहेको दाबी गरेका छन् । मन्त्री नेम्वाङले यातायातका पूर्वधारमा उल्लेख्य काम गरेको बताउँदै चालु आर्थिक वर्षको अन्त्यमा यातायात क्षेत्र धेरै व्यवस्थित भइसक्ने दावी गरे ।

सय दिनमा मास प्रिन्टर जडान गरी करिव २ लाख स्मार्ट कार्ड प्रिन्ट गरी वितरण गरिएको प्रगति विवरणमा उल्लेख छ। यस अवधिमा सुदूरपश्चिम तथा कर्णाली प्रदेशभित्रका सबै सेवाग्राहीलाई स्मार्ट लाइसेन्स वितरण भइसकेको उनको दावी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस