काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बिहीबार अपराह्न शपथ लिदैछन् ।
शीतलनिवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्री नियुक्त गरेका हुन् ।
गत सोमबार विद्या भट्टराईले राजीनामा दिएपछि नेकपा एमालेका समानुपातिक सांसद पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले पन्तलाई बुधबार शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।