वियनी खोलाको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरूद्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख १९, शुक्रबार (१ दिन अघि)
  • ११३ पटक पढिएको
वियनी खोलाको डाइभर्सन बाढीले बगायो, पूर्वपश्चिम राजमार्ग अवरूद्ध

वैशाख, १९ काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दुम्कीबासमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ । आज बिहान पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । उनले मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएको बताए । यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ ।

अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए ।

गत पुसमा भारतीय ट्रकको ठक्करबाट उक्त खोलाको पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारी साधन आवतजावत गराइएको थियो । यसअघि गत चैत ३० गते पनि बाढीले उक्त डाइभर्सन बगाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस