प्रशेष पाण्डेलाई ‘भ्वाइस अफ नेपाल’को उपाधि

प्रशेष पाण्डेलाई ‘भ्वाइस अफ नेपाल’को उपाधि

वैशाख २०, काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले जितेका छन् । शुक्रबार राती आयोजित ग्राण्ड फिनालेमा टीम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता बनेका हुन् ।

कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए । कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए । कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन् ।

विजेता भएसँगै पाण्डेले भ्वाइसबाट २० लाख नगद प्राप्त गरे भने अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ प्राप्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस