काठमाडौँ । शिक्षक आन्दोलन उत्कर्षमा रहेका बेला एमाले सांसद रघुजी पन्त शिक्षा मन्त्रीमा नियुक्त भएका छन् ।
शिक्षकको आन्दोल थेग्न नसकेपछि शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा दिएको ३ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
उनले भोलि पद तथा गोपनियताको शपथ लिने कार्यक्रम रहेकोे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री नियुक्त भएका पन्त प्रधानमन्त्रीले रुचाएका एमालेका समानुपातिक सांसद हुन् ।
यस्तै प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । यसअघि २५ सदस्यीय रहेको मन्त्रिपरिषद अब २४ सदस्यीय भएको छ ।
प्रधानमन्त्री ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन् ।