प्रिशा शाह मृत्यु प्रकरण

एबीभीपीद्वारा केआईआईटीविरूद्ध कडा कारबाहीको माग

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १९, शुक्रबार (१ दिन अघि)
  • ६९ पटक पढिएको
एबीभीपीद्वारा केआईआईटीविरूद्ध कडा कारबाहीको माग

वैशाख, १९ काठमाडौं । भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाहको मृत्युका दोषीलाई कारबाही गर्न माग गरेको छ ।

एबीभीपीले बिहीबार विज्ञप्ति निकाल्दै भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको भन्दै केआईआईटीविरूद्ध तत्काल कडा कारबाहीको माग गरेको हो ।

विज्ञप्तिमा केआईआईटी विश्वविद्यालयको प्रशासन र जिम्मेवार अधिकारीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ । एकै खालका घटना दोहोरिरहँदा केआईआईटीको विश्वस्नीयतामा प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ ।

केआईआईटीमा पहिलो वर्षको दोस्रो सेमेस्टर अध्ययनरत वीरगन्जकी प्रिशा बिहीबार साँझ ८ बजे कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनले किन आत्महत्या गरिन् अहिलेसम्म त्यसको कारण भने बाहिर आएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गत वर्ष फागुन ४ मा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस