एक वर्षमा ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २०, शनिबार (१७ घण्टा अघि)
  • ३८ पटक पढिएको
एक वर्षमा ७३ वटा प्रेस स्वतन्त्रता हननका घटना

वैशाख २०, काठमाडौं । पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले यस्तो तथ्य सार्वजनिक गरेको हो ।

महासङ्घको सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन् । महासङ्घका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए ।

यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन् । पत्रकारमाथि धम्की, धरपकड तथा दुर्व्यवहार अत्यन्त निन्दनीय घटना यस अवधिमा भएका छन् जसलाई लोकतन्त्र माथिकै प्रहार भएको महासङ्घको ठहर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस