कोरिया जान पाउनुपर्ने भन्दै ईपीएस कार्यालयमा धर्ना, प्रहरीको धरपकड

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख २२, सोमबार (५ घण्टा अघि)
  • ६१ पटक पढिएको
कोरिया जान पाउनुपर्ने भन्दै ईपीएस कार्यालयमा धर्ना, प्रहरीको धरपकड

वैशाख २२, काठमाडौं । कोरिया जान नपाएको भन्दै धर्नामा बसेका नेपाली युवाहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । आज ईपीएस कोरिया शाखामा धर्ना दिइरहेका उनीहरुमाथि प्रहरीले बल प्रयाग गरेको हो ।

भाषा पास गरेको लामो समयसम्म पनि आफूहरु दक्षिण कोरिया जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखा कार्यालयमा धर्ना दिन पुगेका युवाहरुले बाटो नै बन्द गरेपछि बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीले जानकारी दिए ।

५०÷६० जनाको समूहले बाटो नै बन्द गरेपछि प्रहरीले बाटो सञ्चालनमा ल्याउन लाठीचार्ज गरेको उनको भनाइ छ । सोही क्रममा केहिलाई नियन्त्रणमा लिएर अहिले सम्झाइबुझाइ गरी छोडिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए ।

ईपीएसको भाषा परीक्षा पास गरिसकेको १८ महिना बित्दा पनि कोरिया जान नपाएको भन्दै युवाहरु विगत तीन दिनदेखि धर्नामा बस्दै आएका छन् । कोरियामा पानी जहाज बनाउने कामका लागि करिब चार हजार जना उत्तीर्ण भएपनि अहिलेसम्म ४ सय कामदार मात्र कोरिया उडेकाले आफूहरुको भविष्य अन्यौलमा गरेको युवाहरुको गुनासो छ ।

उक्त क्षेत्रमा जान नपाए सेक्टर परिवर्तन गरेर भए पनि कोरिया पठाउनु पर्ने उनीहरुको माग छ । आफूहरूको माग पूरा नभएसम्म धर्ना जारी राख्ने पनि उनीहरुले चेतावनी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस