त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखबाट अकस्मात गृहमा ल्याइएका तीर्थराज भट्टराई पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ७, बुधबार (५ घण्टा अघि)
  • ५७ पटक पढिएको
त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखबाट अकस्मात गृहमा ल्याइएका तीर्थराज भट्टराई पक्राउ

जेठ ७, काठमाडौं । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । अख्तियारले उनलाई आज पक्राउ गरेर टंगालस्थित कार्यालयमा राखेको जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका उनलाई मंगलवार बेलुका मात्रै आकस्मिकरूपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । उनको ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका विष्णु कोइरालालाई पठाइएको छ ।

भिजिट भिसामा सेटिङ मिलाएर भ्रष्टाचार गरेको सूचना पाएपछि उनी केही सातादेखि अख्तियारको निगरानीमा थिए । केहीबेरअघि मात्रै अख्तियारको टोलीले विमानस्थलस्थित अध्यागमन कार्यालयमा छापा मारेको थियो । त्यसक्रममा केही डिभाइस तथा कागजात पनि नियन्त्रणमा लिइएको छ ।

अहिले भट्टराईसँग सोधपुछ भइरहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस