रविको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस सकिएन, आज पनि हेर्दाहेर्दैमा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ८, बिहिबार (५ घण्टा अघि)
  • ४७ पटक पढिएको
रविको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस सकिएन, आज पनि हेर्दाहेर्दैमा

जेठ ८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको रिटमाथि मंगललवारदेखि सुनुवाइ जारी छ । बिहीबार पनि सुनुवाइ नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको हो । जोशीको रिट पनि सँगै राखेर हुनुवाई भैरहेको छ ।

आज रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि सरकारी वकिलले बहस गरेका थिए ।

सरकारका तर्फका गोविन्द खनाल, लोकराज पराजुली लगायतले बहस गरेका छन् । भोलि सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फबाट कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि जवाफी बहस सुरु हुनेछ ।

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गरी आफूलाई थुनाबाहिरै रहेर मुद्दा लड्न दिनु पर्ने रविको माग छ । जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत बुटवलले चैत २२ गते थुनामै राख्न आदेश दिएको थियो ।

एउटै मुद्दामा अदालतले छविलाई थुनामा पठाएको तर रविलाई एक करोड धरौटीमा रिहा गरेको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

हाल रवि रुपन्देही जिल्ला कारागारमा छन् । रविसँगै सोही मुद्दाका अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी पनि सोही कारागारमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस