अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २४, शनिबार (१० घण्टा अघि)
  • ६४ पटक पढिएको
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

जेठ २४, काठमाडौं । अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिएका छन् । म्यानेसस पार्क प्रहरी विभागका अनुसार भर्जिनियाको मानेसास पार्कस्थित एक घरको तल्लो तलामा भाडामा बस्ने नेपाली परिवारका चारजना मृत भेटिएका हुन् ।

स्थानीय समयअनुसार बिहीबार राति १०:४० बजे घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेका थिए । त्यसपछि घटनास्थल पुग्दा तलको अपार्टमेन्टमा चार जनालाई गोली हानिएको अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन् । घटनास्थलबाट एकवटा बन्दुक पनि बरामद गरिएको छ ।

गोली कसले चलाउने हो खुल्न आएको छैन । घटनाको अनुसन्धान जारी छ । प्रहरीले शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस