देशव्यापी जनसंघर्ष सुरु गर्ने राप्रपाको घोषणा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन ५, आईतबार (६ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

फागुन ५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही फागुन ७ गतेदेखि देशव्यापी जनसंघर्ष सुरु गर्ने घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले धर्म निरपेक्षताको खारेजी, हिन्दुराष्ट्र घोषणा, संघीयतामाथि जनमतसंग्रह, राजसंस्थासहितको प्रजातन्त्रलगायतका माग राख्दै जनसंघर्ष गर्न लागेको बताए ।

राप्रपाले २०४७ सालपछि उच्च पदमा बसेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न, आर्थिकरुपमा विपन्न अन्य जातीय समूहलाई पनि कम्तीमा १० प्रतिशत आरक्षण दिन, १० कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गर्न, विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउन पनि माग गरेको छ ।

थापाले तीनओटा राप्रपाबीच एकीकरणको आधारपत्र आफूले तयार पारेपनि आफ्नो पार्टीलाई अलग पारेर पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पार्टी एकता गरेको गुनासोपनि गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस