नेविसंघमा सिटौंला समूहको आरोप : ‘कुन्दनलाइ रोक्न काँग्रेसले नेबिसंघ विघटन गर्यो ‘

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन ६, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुन ६,काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउन आफ्नो समूहलाई पहिलो हिस्सा दिन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौंला नेतृत्वको समूहले माग गरेको छ । सिटौंला निकट विद्यार्थी नेताहरुले वाल्मिकि क्याम्पसमा पत्रकार सम्मेलन गर्दै तदर्थ समिति गठन गर्दा विधानको पूर्ण पालना गर्न र आफ्नो समूहलाई हैसियत अनुसारको हिस्सा दिन माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा नेविसंघमा निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेविसंघको अघिल्लो महाधिवेशनमा आफ्नो समूहले सबैभन्दा बढी मत पाएको र केन्द्रीय समितिमा सबैभन्दा ठूलो शक्तिको रुपमा रहेको भन्दै सोही अनुसार तदर्थ समिति बनाउन माग गरे ।

‘हामी नेविसंघमा भागबण्डा गरेर तदर्थ समिति बनाइदैछ भन्ने सुनिरहेका छौं । हामी नेविसंघको पहिलो शक्ति हौं, सोही अनुसारको उपस्थिति नभए मान्दैनौ ।’, काफ्लेले भने ।

नेविसंघमा सिटौला समूहको बलियो उपस्थिति रहेको काफ्लेको दावी छ । नेविसंघको पारित विधानमा उमेर हद लगाउने निर्णय भइसकेको भन्दै काफ्लेले ३२ वर्षमाथिको नेतृत्व आए समानान्तर समिति चलाउने चेतावनी दिए ।

कार्यक्रममा उपाध्यक्ष रामप्रसाद अधिकारीले पार्टीकै असहयोगका कारण महाधिवेशन नभएको भन्दै तत्काल तदर्थ समिति बनाएर ६ महिनाभित्र महाधिवेशन गर्नुको विकल्प नरहेको बताए । अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीले नेविसंघलाई विद्यार्थीहरुको नियन्त्रणबाहिर लगेर पार्टी नेताको मुठ्ठीमा राख्ने कदम चालिए सह्य नहुने चेतावनी दिए ।

नेबि संघका निबर्तमान केन्द्रिय सदस्य सुशील भट्टले लोकप्रिय नेता पुर्ब महामन्त्री कुन्दनराज काफ्लेलाई नेबि सघको अध्यक्ष बन्नबाट रोक्न पाटीले नेबिसघ भित्र अस्थिरता उत्पन्न गर्दै बिगठन हुने परीस्थितिमा पुर्याएको आरोप लगाए ।उनले उमेरको हदबन्दीको बहस लहडको भरमा कहिले ३२ बर्ष लगाउने त कहिले हटाउने बहस गर्नु पाटीको नेतृत्वको कमजोरी भएको भन्दै बिधान भन्दा माथी नेतृत्व रहन नसक्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस