फागुन १०, बुटवल । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधन भएको छ ।
सडक दुर्घटनामा परी घाइते वलीको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको हो ।
प्रदेश ५ की उपसभामुख कृष्णी थारुले उपचारका क्रममा वलीको शुक्रबार बिहान निधन भएको पुष्टि गरेकी छन् ।
माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी गम्भीर घाइते वली काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत थिए ।
तत्कालीन एमालेको तर्फबाट उम्मेदवार बनेका ओली दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी दंगीशरण गाउपालिकाको श्रीगाउँका स्थायी बासिन्दा हुन् ।