भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवामा परेँ: सचिव देवकोटा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ फागुन १०, शुक्रबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन १०, काठमाडौं । भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन् ।

गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो ।

मन्त्रालयमा बुधबार बिदाइ कार्यत्रममा देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको पर्यटनमन्त्री रवीन्द्र अधिकारीकै सामुन्ने बताएका हुन् । कसले दबाब दिएको भन्नेबारे उनले खुलाएनन् ।

सरकारले २ करोडमा खरिद गरेका बीवाईडी इलेक्ट्रिक बसलाई चीनबाट आयात गरिएको प्रमाणित नगरिदिएका कारण आफू सरुवामा परेको उनको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस