सरकारमा मन्त्री हेरफेर : नेकपामा हेराहेर ! बल प्रचण्डको कोटमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १३, सोमबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

*अनलाईन केन्द्र

फागुन १३,काठमाडौँ । सत्तारुढ नेकपा माओवादीमा मन्त्री हेरफेरको विषयलाई लिएर एकअर्कामा मुखामुख हुन थालेको छ । पछिल्लो समय सरकारमा मन्त्री हेरफेरले चर्चा पाएको छ । तर यसबारे नेकपाका दुई शिर्ष नेता ठोस कुरा बोल्न चाहदैनन् । तल्लो तहका नेताहरुबीच भने यो विषयमा चर्चा सुरु हुन थालेको नेकपाका नेताहरु बताउछन । केही महिनाअघि सरकारमा बसेका केही मन्त्रीहरुको मुल्याङ्कन गरिरहेको भन्ने हल्ला प्रधानमन्त्री सचिवालयबाट आएपछि यसको विरोध भएको थियो । सरकार बनेको केही महिनामै मन्त्रीको मुल्याङ्कन गर्ने बेला भईसकेको छैन भन्दै नेकपाका नेता लगायत राजनितिक वृत्तमा खराब टिप्पणी समेत भएको थियो । तर सरकार बनेको बर्षदिनमा पनि केही मन्त्रीहरुले जनताका सवालमा प्रभावकारी काम गर्न नसकेको भन्दै दुई अध्यक्ष पनि सन्तुष्ट हुन नसकेको गाँइगुँई सुनिन थालेको छ ।

पर्ख र हेरको रणनितीमा प्रचण्ड

यतिबेला सरकारप्रति जनताको भरोसा टुटेको र मन्त्रीहरुले जनताका पक्षमा काम गर्न नसकेको भन्दै नेकपाका नेताहरु प्रचण्ड निवास धाउन थालेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका ओली पक्षिय नेताहरु ओलीले गरेको काम सबै ठिक र सरकार शत्तप्रतिशत सही लयमा छ भन्ने गर्छन् । यही दावी गर्ने र सिमित समुहमै रमाउन चाहने भएकोले, आफ्नो कुरा नसुन्ने भएकोले पनि पछिल्लो समय प्रचण्डकोमा नेताहरुको भिड लाग्ने गरेको एक नेताले अनलाईन केन्द्रलाई बताए । तर प्रचण्ड भने अहिल्यै नै सरकारमाथी प्रश्न तेस्र्याउन नहुने पक्षमा रहेको प्रचण्ड निकट स्रोतले अनलाईन केन्द्रलाई बतायो । ‘भर्खर सरकार बनेको एक बर्ष पुगेको र सो समय विधि र विधान बनाउन नै खर्च भएको भन्दै अझै एक बर्ष अहिलेकै मन्त्रीको काम हेर्नपर्ने हो की भन्ने मनसायमा प्रचण्ड छन ।’ स्रोतले भन्यो ।

पहिले प्रचण्ड, अहिले ओली

सरकार बनेको केही महिनामै प्रभावकारी काम हुने र दुई तिहाईको सरकारले जनताको असन्तुष्टिहरु तत्काल सम्बोधन गर्नुपर्नेमा नेकपाको जोड थियो । ‘तर त्यसो हुन नसकेपछि प्रचण्ड सरकारमा मन्त्री हेरफेर गरेर भएपनि सुरुवातमै फड्को मार्ने सोचमा थिए’- भन्छन उनि निकट एक नेता । तर त्यसबेला प्रधानमन्त्री ओली यो विषयमा सकारात्मक हुन नसकेको स्रोत बताउछ । उनि केही समय मन्त्रीलाई काम गर्न दिनुपर्ने पक्षमा थिए । जनतालाई स्थायी सरकारको आभाष,सिण्डिकेटको अन्त्य,कालिमाटी बजारमा छड्के अनुगमन, सुन प्रकरण छानविन लगायतका विषयमा सरकार अघि बढिरहेको बेलामा घटना मोडिन्छ भन्ने चिन्ताका कारण ओली–प्रचण्ड मन्त्री हेरफेर नगर्ने निधोमा पुगेका थिए । यतिबेला फेरी मन्त्री हेरफेरको विषयले चर्चा पाउन थालेको छ । यसमा प्रचण्ड भन्दापनि ओली लाईन एक कदम अघि बढेर बहसमा उत्रिएको विश्लेषकहरु टिप्पणी गर्छन् । प्रचण्ड निकट स्रोतका अनुसार पनि अहिले प्रचण्ड सरकारमा मन्त्री हेरफेर गर्ने भन्दापनि मिलाएरै जानुपर्नेमा जोड दिन्छन् । पार्टी एकता टुङ्गोमा नपुगुन्जेल मन्त्री हेरफेर नगर्ने पक्षमा प्रचण्ड रहेको बुझिन्छ ।

मन्त्री हेरफेरमा नेताहरुको नाम हल्लामात्रै

स्रोतका अनुसार नेकपामा अहिले चलिरहेको मन्त्री हेरफेरको कुरा हल्लामात्रै रहेको बताईन्छ । नेकपा नेता जर्नाधन शर्मा,सुरेन्द्र पाण्डे, योगेश भट्टराई लेखराज भट्ट लगायतको नाम मन्त्रीको चर्चामा छ । यद्यपी अहिले कुनैपनि नामबारे नेकपामा कुनै किसिमको छलफल नभएको खुमलटार स्रोत बताउछ । स्रोत भन्छ–’अहिले नयाँ मन्त्री हेरफेरको लागि कुनै किसिमको नामहरु अध्यक्ष ज्यूको मा छलफल भएको छैन, दुई अध्यक्ष पार्टी एकतालाई टङ्ग्याउनुपर्ने दबावमा रहेकोले पनि अहिल्यै मन्त्री हेरफेर नगर्ने की भन्ने सोचमा रहेको छ ।’ तर प्रधानमन्त्री केपी ओली निकट स्रोतका अनुसार मन्त्रीहरुको मुल्याङ्कन भईरहेको र उनिहरुको कार्यउपलब्धी हेरेर मन्त्री हेरफेरबारे सामान्य छलफल हुन थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस