फागुन १४,काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सचिव सुदेश पराजुलीले निर्वाचनदेखि आफु हार्ने डरले नेविसंघले निर्वाचन नचाहेको बताएका छन् ।
अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न तथा फागुनमा नै निर्वाचन गराउन दवावका कार्यक्रमहरु गर्दै आएको थियो । सोमबार मात्रै त्रिवीले फागुनमा निर्वाचन गराउन नसक्ने बताएको छ । उसले सबै संगठनलाई सहमतीमा ल्याएर चैत्रमा निर्वाचन गराएपछि नेता पराजुलीले नेविसंघको लाईनमा भिसी उभिएको आरोप लगाए ।
त्रिविको उक्त निर्णय खण्डन गर्दै अनेरास्ववियु सचिव पराजुलीले अनलाईन केन्द्रसंग भने, ‘नेविसंघले निर्वाचन नचाहनु र त्रिविका उपकुलपति दिपक खनियाँले नेविसंघसँग मिलेर निर्वाचन गर्न आलटाल गर्नु लोकतन्त्रमाथिको ठाडो प्रहार हो ।’ नेता पराजुलीले कांग्रेसको स्वार्थमा त्रिवीको भिसी उभिएको समेत आरोप लगाएका छन । उनले समग्र त्रिवी चुनाव गराउने पक्षमा रहेतापनि भिसीको स्वार्थका कारण निर्वाचन गराउन आनाकानी गरेको दावी समेत गरे ।