न्यायालयमा राणाको अर्को कदम : विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १४, मंगलबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन १४,काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गरेका छन ।

प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई काज सरुवा गरेका हुन। न्यायाधीशद्वय ढकाल र बागचन्दलाई सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा सरुवा गरेका छन भने न्यायाधीश पोखरेललाई राजविराज उच्च अदालतमा सरुवा गरेका छन ।

कुनै पनि विशिष्टकृत अदालतमा प्रत्येक दुई वर्ष काम गरेका न्यायाधीशलाई अवधि पुगेको भनी सरुवा गर्ने प्रावधान छ । सो अवधिभन्दा बढी मुद्दा हेर्दा विकृति आउन सक्ने हुँदा सरुवा गर्नुपर्ने व्यवस्था छ । सोही प्रावधानअनुसार काज सरुवा गरिएको न्याय परिषद्ले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस