फागुन १४,ललितपुर । पूर्व राष्ट्रपति डा. रामवरण यादवले कानुन निर्माणमा हतार नगर्न सरकारलाई आग्रह गरेका छन ।
पूर्व राष्ट्रपति यादवले सरकारले न्यायालयमाथि हस्तक्षेप गर्न नहुने पनि स्पष्ट पारे । मंगलबार ललितपुरमा सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिनाद्वारा लिखित पुस्तक ‘अदालतभित्र अदालत बाहिर’ को विमोचन गर्दै उनले कानुन निर्माणका लागि आवश्यक बहस गर्ने काममा न्यायालय केन्द्रित नभए लोकतन्त्र संकटमा पर्न सक्ने भन्दै चिन्ता पनि व्यक्त गरे ।
उनले न्यायालयभित्र धेरै सुधारको आवश्यक्ता पनि औंल्याए । लोकतन्त्रलाई रक्षा गर्ने सबैभन्दा माथिल्लो निकायको रुपमा रहेको न्यायालयको सुधारमा केन्द्रित भएर लागि परेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पनि प्रशंसा गरे।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले पुस्तकका लेखक तिमिल्सिनाको व्यक्तित्वको र उनिद्वारा लिखित पुस्तकबारे प्रकाश पारेका थिए ।