फागुन १५,काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्याने गरी बुधवार भएको हेलिकप्टर दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले भोलि राष्ट्रियशोक मनाउने निर्णय गरेको छ।
ऊर्जामन्त्री वर्षमान पुनका अनुसार दिवङ्गत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।