फागुन १६,काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले हेलिकोप्टर दुर्घटनामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् । बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रचण्डले अधिकारीकी श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन् ।
नेकपा अध्यक्ष प्रचण्डले अधिकारी परिवारका सदस्यहरुलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको बताएको भेटमा सहभागी अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सााझ नै मन्त्री अधिकारीका परिवारलाई भेटेका थिए ।