योगेश भट्टराईले भने : ‘हेलिकप्टर दुर्घटनाको कारण छिटै खोजियोस्’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १६, बिहिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन १६, काठमाडौं । बुधबार ताप्लेजुङमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भयो ।

सातैजनाको मृत्युलगत्तै सरकारले घटना छानबिन गर्न टोली गठन गरेको छ । यस टोलीले घटनाको यथार्थ बाहिर ल्याउला नै । अहिलेलाई आशा गरौं ।

तर, दुर्घटनालगत्तै यसबारेमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले केही गम्भीर प्रश्न उब्जाएका छन् ।

विभागीय मन्त्री, नीति निर्माण तहका उच्च कर्मचारी, व्यवसायीसमेतलाई एउटै दुर्घटनाले निलेको छ ।

१२ वर्षअघि २०६३ साल असोज ७ गते लेलेपमा भएको अर्को अकल्पनीय दुर्घटनालाई सम्झाउने गरी फेरि ताप्लेजुङमै यो दुर्घटना भएको छ । जसप्रति राजनीतिक दलका नेतादेखि सर्वसाधारणले प्रश्न उब्जाएका हुन् ।

मूलतः पाइलटसहित ६ सिटको हेलिकोप्टरमा सातजना राखिएको, खराब मौसम देख्दा–देख्दै हेलिकोप्टर उडाउन लगाइएको, क्षमताभन्दा बढी ‘लोड’ राखेर हेलिकोप्टर उडाउने अवस्था कुन हो ? पाथीभरा जाने योजना पूर्वनिर्धारित् हो वा बीचैबाट कसैको चाहनामा गइयो ? जस्ता जिज्ञासा धेरैको छ ।

उक्त दुर्घटनाबारे सत्तारुढ नेकपाकै नेता एवं मन्त्री अधिकारीका निकट मित्र योगेश भट्टराईले फेसबुकमा एक स्टाटस लेख्दै प्रश्न उठाएका छन् ।

https://www.facebook.com/yogeshbhattarai.ncp/posts/2321703031175260

 

जसमा ‘उडानमा पाइलटसहित पाँचजनाभन्दा बढी पाथीभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ बजारमै झारेरमात्र पाथीभरा उडान गर्दै आएका छन्, पाइलटहरुले । तर, आज मौसम खराब हुँदाहुँदै ७ जनालाई लिएर किन उडान गरियो ? समयले उत्तर माग्छ’–भनिएको छ ।

पाँचजनाभन्दा बढी उडान गर्न नमिल्नेमा पाइलटसहित सातजना यात्री भएकैले बढी भार भएका कारण दुर्घटना भएको हो कि ! भन्ने प्रश्न भट्टराईले गरेका हुन् ।

उनले ‘मौसम खराब हुँदा–हुँदै किन हेलिकोप्टर उडाइयो ?’ भनेर पनि प्रश्न गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस