पोखरा प्रदर्शनी केन्द्रमा स्वर्गीय रवीन्द्र अधिकारीको अन्तिम श्रद्धाञ्जली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १७, शुक्रबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन १७,पोखरा । हेलिकप्टर दुर्घटनामा परि निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर पोखरा ल्याइएको छ । श्रद्धाञ्जलीका लागि मन्त्रीको शव प्रदर्शनी केन्द्रमा राखिएको छ ।

अधिकारीको शव शुक्रबार दिउँसो ४ बजे सम्म श्रद्धाञ्जलीका लागि राखिने गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

श्रद्धाञ्जलीपछि प्रदर्शनी केन्द्र नयाँबजारबाट सुरु हुने शव यात्रा महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर अन्त्येष्टि गरिनेछ ।

श्रद्धाञ्जलीका लागि उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, नेकपा नेता वामदेव गौतम, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पोखरामा छन् ।

यसैबीच, नेकपा गण्डकीले फागुन १९ गते प्रदेशका सबै जिल्लामा शोक सभा गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस