अलविदा रविन्द्र अधिकारी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन १७, शुक्रबार (६ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

फागुन १७,पोखरा ।  हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरामा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

मन्त्री अधिकारीको शव पोखरा प्रदर्शनी केन्द्र ल्याउँदा उनका परिवार भावविह्वल भएका थिए । श्रीमती विद्या भट्टराईलाई नेकपाकी नेतृ रामकुमारी झाँक्रीले सम्हालेकी थिईन । पोखरा प्रदर्शनी केन्द्रमा उनलाई बुबा इन्द्र, आमा लक्ष्मी, र छोराहरु विराज र स्वराजलाई पनि पार्टी नेता र आफन्तजनले सम्झाईरहेका थिए ।

श्रद्धाञ्जलीका लागि सयौं पोखरेली प्रदर्शनी केन्द्रमा भेला भएका छन् । काठमाडौंबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका नेता नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, गोकर्ण विष्ट, योगेश भट्टराई, राजन भट्टराई, घनश्याम भुसाल, मन्त्री पद्मा अर्याल, कांग्रेस नेता चन्द्र भण्डारी पनि मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन पोखरा आएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सरकारका मन्त्रीहरु पनि श्रद्धाञ्जली दिन आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस