चैत ४, काठमाडौँ । सरकारले प्रतिवन्ध लगाएको विद्रोही नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका नेता तथा कार्यकर्तालाई राज्यविरुद्धको अपराध मुद्दामा कानूनी कारबाही सुरु भएको छ।
राज्यविरुद्धको अपराधका मुद्दामा आजिवन कैद सजाय हुन सक्छ।
शुक्रबार पक्राउ परेका पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जिवन्त’लाई प्रहरीले राज्यविरुद्धको अपराध मुद्दामा कारबाही अघि बढाएको हो।
उनलाई जिल्ला अदालत काठमाडौंले पाँच दिन थुनामा राख्न म्याद दिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
विप्लवका नेतामाथि पहिलो पटक राज्यविरुद्धको अपराध चलेको हो। यसअघि बिष्फोट तथा ज्यान मुद्दा चलेको थियो।
काठमाडौं परिसरका एक अधिकारीले सरकारले प्रतिबन्ध लगाएपछि गृह मन्त्रालयकै निर्देशनमा राज्यविरुद्धको कसुर मुद्दा चलाएको बताए।
नेकपाका सात कार्यकर्तालाई काठमाडौं परिसरले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ।
नेपालको कानुनअनुसार आजिवन कैद सजाय भनेको २५ वर्षसम्म कैद सजाय हो।