कडा बन्दै विप्लव समुह : लगानी सम्मेलनकै दिन नेपाल बन्दको घोषणा ! सरकारकै कार्यक्रमलाई प्रतिबन्ध गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र १२, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र १२,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवलाई पक्राउ गरेर भएपनि उनको पार्टीको गतिविधि नियन्त्रण गर्ने बताएको भोलीपल्ट चन्दले कडा विज्ञप्ती निकालेका छन । उनले लगानी सम्मेलनलाई समेत असर गर्ने तयारी स्वरुप १६ गतथे नेपाल बन्द गर्ने सम्मका आन्दोलनका कार्यक्रम नै घोषणा गरेका छन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएको हो । आफ्नो पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा उसले केपी शर्मा ओली नेतृत्वको सरकारले गर्ने कार्यक्रमविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको हो ।

आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध चैतभित्र नहटाएमा तथा शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउँदै आमहड्तालको तयारी गर्ने पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवद्धारा सोमबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका आफ्ना पार्टीका नेता कार्यकर्ताको रिहाइको माग गर्दै उसले चैत १३ गतेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको छ ।

चैत १३ गते पहिलो दिन देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मसाल जुलुस गर्ने उल्लेख छ । यस्तै चैत १६ गते शनिबार नेपाल बन्द गर्ने, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन र चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल बन्द गर्नु आफूहरुको चाहना नभई सरकारी दमनकाविरुद्ध भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । विप्लवले आह्वान गरेको बन्दकै दिन सरकारले लगानी सम्मेलन गर्दै छ ।

सरकारले २८ फागुनमा विप्लव नेतृत्वका नेकपाको क्रियाकलापमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध घोषणापछि मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वली ‘सुदर्शन’, पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ सहितका नेताहरु पक्राउ परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस