चैत्र १४,काठमाडौँ । भारतीय विदेश सचिव विजय गोख्लेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
भारतीय विदेश सचिव गोख्ले नेपाली समकक्षी सचिव शंकरदास बैरागीसँग भारत-नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न बिहीबार नै काठमाडौं आएका हुन् । उनले बिहीबार नै बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका छन् ।
त्यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेका थिए । भेटमा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ