ललिता निवास जग्गा हिनामिना : नेकपा महासचिव पौडेल पनि मुछिए !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ चैत्र २७, बुधबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

चैत्र २७,काठमाडौँ । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास परिसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलको छोराको पनि जग्गा रहेको खुलेको छ ।

व्यापारी तथा भूमाफियामार्फत महासचिव पौडेलका छोराले ललितानिवास परिसरमा ८ आना जग्गा खरिद गरेको पाइएको छ । सत्तारुढ दलकै शक्तिशाली नेता ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनको घेरामा तानिएपछि यो विषय थप पेचिलो बनेको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलका छोरा नवीनको नाममा ललितानिवास परिसरमा जग्गा छ ।

मालपोत कार्यालय डिल्लीबजारका अनुसार ललितानिवासको जग्गा महासचिव पौडेलले छोरा नवीनका नाममा किनेका हुन् । पौडेल तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाका महासचिव हुन् । उनी सांसद पनि हुन् ।

पौडेलको स्वामित्वमा रहेको ८ आनासहित ललितानिवासको १ सय १३ रोपनी ३ आना जग्गा सरकारले रोक्का राखिसकेको छ । सरकारी सम्पत्ति ललितानिवासको जग्गा व्यक्तिका नाममा बनाइएको विषयमा विभिन्न निकायले अध्ययन गरिरहेका छन् ।

ताजा अपडेट

५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस