बैशाख १९,काभ्रे । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टहरुले केन्द्र देखी वडा सम्म निषेधको राजनिती गरेर कांग्रेससॅग मुठभेड निम्त्याएको बताएका छन। कोइरालाले आफुहरु प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भएपनी सरकार दुईतिहाईको दम्भले अगाडी बढिरहेको जिकिर गरे। सरकारको दम्भले सिमाले नाघेको बताउदै अब कांग्रेस चुप लागेर नबस्ने पनी उनले चेतावनी दिए।
कम्युनिष्टहरुको ज्यादतीका बिरुद्ध लड्ने समय आएको बताउदै कोइरालाले त्यसका लागी तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।
नेपाली कांग्रेस भुम्लु गाउॅपालिकाले काभ्रेको सल्लेमा गरेको आमसभालाई संबोधन गर्दै डा. कोइरालाले पार्टीभित्र केही बैचारिक मतभेद रहेपनी कम्युनिष्टका बिरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको पनी बताए।
पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्नेमा पनी शेखर कोइरालाले जोड दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यहरु प्रदिप पौडेल,बहादुरसिंह तामाङ्, शिब हुमागॉई र काभ्रे कांग्रेसका सभापती मधु आचार्यले कम्युनिष्ट सरकारको दिनगन्ती शुरु भएको बताएका थिए।