नेकपाभित्र जिल्ला कमिटी टुंग्याउन चटारो, स्थानीय तहको टुंगो जिल्लाले नै लगाउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ बैशाख २०, शुक्रबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

बैशाख २०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी्भित्र एघार महिनापछि जिल्ला कमिटीको अध्यक्ष र सचिव चयन गरेपनि अन्य सांगठानिक एकता प्रक्रियाले गति लिन सकेको छैन ।

वैशाख ९ गते ७७ वटा जिल्लाका अध्यक्ष र सचिवको घोषणा गरेको नेकपाले सांगठानिक एकताको बाँकी काम अगाडि बढाउन नसकेको हो । पार्टीको सचिवालय बैठक दुई पटक बसेपनि सांगठानिक एकताको गाँठो फुकाउन सकेको छैन ।

नेकपाभित्र जिल्ला कमिटीमा रहने सदस्यहरु छनोट, जनवर्गीय संगठनको नेतृत्व, पोलिटब्यूरो गठन, केन्द्रीय विभागहरुको गठनको काम अगाडि बढन सकेको छैन ।

सचिवालयले जिल्ला कमिटीको पूर्णता दिनको लागि प्रदेश कमिटीको नेतृत्वलाई सर्कुलर जारी गरिएको छ । यस अघि जिल्ला कमिटीमा रहने सदस्यहरुको नामावली तयार भएपनि केही जिल्लामा भने विवाद रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस