साउन १६,जापान । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्वुवियुका नेता सुदेश पराजुलीले कांग्रेसले धुजाधुजा पारेको देश कम्युनिष्टले बनाउदै गरेको बताएका छन । जापान भ्रमणमा रहेका पराजुलीले जापानमा व्यवसाय गरेर बसेका नेपाली व्यवसायीसंगको अन्तक्रियामा नेपाली राजनिति संग्लिदै गईरहेकोले सरकारको सम्बृद्ध नेपाल सुखी नेपालीको अभियानले चाँडै पुर्णता पाउने बताए ।
सिनोकुवोमा सम्पन्न प्रवासि नेपाली एकता मञ्च र धादिङ्ग समाज जापानद्वारा आयोजित अन्तक्रिया कार्यक्रममा उनले विगतमा कांग्रेसको अदुरदर्शी नितिका कारण देश विकास हुन नसकेको बताउदै अव देशले सम्बृद्धीको बाटो लिन लागेको बताए ।
नेता पराजुलीले जापानमा व्यवसाय गरेर बसेका नेपाली तथा जापानी व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह समेत गरे । उनले नेपालमा राजनितिक स्थिरता कायम भएको, लगानीमैत्री वातावरण भएको भन्दै व्यवसायीले यतिबेला नेपालमा लगानी गरे राम्रो मुनाफा कमाउन सकिने बताए ।