सरकारका तीन सचिवले पाए अवकास, अन्य दुई पनि लाइनमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण २१, मंगलबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाडौँ । सरकारका तीन सचिवले आजदेखि अवकास पाउने भएका छन् । सेवाबाट अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्मा र विष्णु लम्सालले अवकास पाउने भएका हुन् ।

उनीहरुले निजामती सेवामा तोकिएको उमेर हदका कारण अनिवार्य अवकास पाउन लागेका हुन् ।

कार्की राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र शर्मा खानेपानी मन्त्रालयका सचिव हुन् ।

वरिष्ठ सचिव विष्णु लम्साल सचिवबाट बिदा भए पनि उनले अर्को जिम्मेवारी पाएका छन् । उनलाई दुई वर्ष कार्यकालको लागि यसअघि बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशकमा नियुक्ति गरेको हो ।

यस्तै, साउन महिनामै युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण देवकोटा र विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव कृष्णराज बीसीको पनि ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास हुन लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस