विप्लव समूहका नेता मोहन कार्की रिहा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण २१, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाडौँ । प्रतिबन्धित विप्लव समूहका नेता मोहन कार्की ‘जीवन्त’ रिहा भएका छन् । ०७५ चैत १ गते पक्राउ परेका कार्की आइतबार रिहा भएका हुन् ।

प्रहरी नियन्त्रणमा रहेका कार्कीमाथि अभद्र व्यवहारसम्बन्धी आरोप लागेको थियो । उनीविरुद्ध चलेको अभद्र व्यवहारसम्बन्धी कसुरमा प्रमुख जिल्ला अधिकारीले छाड्ने आदेश दिएपछि उनी थुनामुक्त गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि कार्कीसँगै हेमन्तप्रकाश ओलीलगायतका अन्य नेता पनि पक्राउ परेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस