साउन २५, काठमाडौं । १० दिनसम्म ‘बाउन्सर’ लगाएर सुकुमवासीका टहरा तोडफोड गरिएको कैलालीको गोदावरी नगरपालिका–६, हरैयास्थित जमिनमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले झन्डा गाडेर कब्जा गरेका छन्।
उठीबास बनाइएका सुकुमवासीलाई पुनस्र्थापना गर्न हरैयाको जग्गा कब्जा गरिएको वैद्य नेतृत्वको पार्टीका नेताहरूले बताएका छन्।
‘गरिब असहाय सुकुमवासीलाई गुन्डाहरू लगाएर उठीबास गराइएकाले उनीहरूलाई पुनस्र्थापना गराउन हरैयाको जमिन कब्जा गरिएको हो,’ अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य केशव साउदले भने,‘ हरैयामा बसेका सुकुमवासीलाई हटाउन ठूलो आर्थिक चलखेल गरी गुन्डा लगाएर उठाइएकाले गरिब जनताको अधिकार र न्यायका लागि जमिनमा झन्डा गाडेका हौं।’