नेताहरु आन्तरिक छलफलमा लागेपछि नेकपा सचिवालय बैठक सर्‍यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण २८, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन २८,काठमाडौँ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुको कार्य विभाजनलगायत एकीकरणका बाँकी काम टुंगो लगाउन बुधबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएकाले मंगलबार बस्ने भनिएको बैठक बुधबार सरेको हो । त्यससंगै अर्का अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव कुमार नेपाल पनि आन्तरिक छलफलमा जुटेका छन ।

सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले कार्य विभाजनको प्रस्ताव पेश गर्ने बताइएको छ । पौडेलले यसबीचमा स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुसँग तीन विकल्पसहित आफूले जिम्मेवारी लिन चाहेको विभाग, भूगोल वा जनसंगठनको रुचिबारे लिखित तथा मौखिक सुझाव संकलन गरेका छन् ।

सकेसम्म रुचिअनुसारकै जिम्मेवारी दिनेगरी प्रस्ताव तयार हुने महासचिव पौडेलले बताएका छन् । स्थायी कमिटी सदस्यहरुलाई विभाग प्रमुख तथा कतिपय ठूला जनसंगठनको इञ्चार्ज बनाउने तयारी भइरहेको छ । जुनियर केन्द्रीय सदस्यहरुलाई विभागको उपप्रमुख तथा जनसंगठनको सह(इञ्चार्जको जिम्मेवारी दिइने नेकपा स्रोतले जनाएको छ ।

स्रोतका अनुसार किसान महासंघ, युवा संघ, अनेरास्ववियू, महिला संघ, मजदूर संगठन जस्ता ठूला जनसंगठनको इञ्चार्ज स्थायी कमिटी सदस्यबाट बनाउन अधिकांश नेताले महासचिव पौडेललाई सुझाव दिएका छन् । पौडेलले सो सुझाव अध्यक्षद्वय ओली र प्रचण्डलाई सुनाइदिएका छन् ।

ती जनसंगठनका संयोजकहरु पार्टीका केन्द्रीय सदस्य तथा सचिवालय तहसम्मका नेताहरु रहेकाले इञ्चार्ज माथिल्लो तहबाट पठाउनुपर्ने बाध्यतासमेत छ । नेकपा स्रोतका अनुसार संगठन विभाग, स्कूल विभागलगायतमा स्थायी कमिटी सदस्यलाई उपप्रमुखसमेत बनाउने सम्भावना छ ।

विशेष गरी केन्द्रीय सचिवालय सदस्य प्रमुख रहेका विभागमा स्थायी कमिटी सदस्यलाई उपप्रमुख बनाउन सकिने नेकपा स्रोतले जनाएको छ । तर बेदुराम भुसाल, टोपबहादुर रायमाझीलगायतका धेरै स्थायी कमिटी सदस्यहरुले सचिवालय सदस्यलाई विभागको जिम्मेवारीमा सीमित नगर्न सुझाव दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस