साउन २८, काठमाडौं । नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले आतंकवाद अन्त्यका लागि भारत सरकारले जम्मु कश्मिरलाई केन्द्र सरकार मातहत ल्याएको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भारतीय जनताको चाहनाअनुसार राजनीतिक स्थायित्व र आतंकवाद अन्त्यका लागि सो कदम चालिएको जिकिर गरे ।
जम्मु कश्मिरका जनताले पनि राजनीतिक स्थायित्व र आर्थिक विकास चाहेको भन्दै राजदूत पुरीले जनताबाट बहुमतप्राप्त सरकार आगामी दिनमा पनि सशक्त कदम चाल्न तयार रहेको बताए ।
उनले नेपाल र भारतबीचको सम्बन्ध दुवै पक्षको जित हुने सिद्धान्तमा आधारित रही अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता, सासंदलगायतका प्रजातान्त्रिक र उदारवादी खेमाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।