शिक्षकलाई कालोमोसो – विप्लव नेकपाले भन्यो: भ्रष्टाचारीलाई त्यसै छोड्दैनौँ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ३०, बिहिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन ३०, म्याग्दी । प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले जिल्लाको बेनी नगरपालिका वडा नम्बर–२ का अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो दल्नुका साथै चप्पलको माला लगाइ दुर्व्यवहार गरेका छन् ।

बिहीबार कार्यालय समयमै विप्लव नेकपाका कार्यकर्ताहरुले शिक्षक थापालाई कालो मोसो दलेको बताइएको छ ।

भ्रष्टाचार गरेको, राजश्व संकलनमा नातावाद–कृपावाद गरेको, बजेट वितरणमा मनोमानी गरेकोलगायतका आरोप लगाउँदै मोसो दलिएको चन्द समूहको दाबी रहेको छ ।

पटक–पटक सुझाव दिँदा पनि सुधार नभएकाले चेतावनीस्वरुप कालोमोसो दलेको चन्द समूहको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस