साउन ३०, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ७९ नायब उपरिक्षक-डीएसपीको सरुवा गरेको छ। बिहीबार साँझ निकालिएको सरुवाअनुसार १५ जिल्लाका प्रहरी प्रमुख फेरिका छन्।
सोलुखुम्बुमा नारायण चिमरिया, बझाङमा गणेश बम, रोल्पामा चित्रबहादुर गुरुङ ,ताप्लेजुङमा ज्ञानेन्द्र फुयाल , सल्यानमा ढकेन्द्र खतिवडा र दधिराम न्यौपानेको डडेल्धुरामा सरुवा भएको छ।
नविनकिशोर प्रधान तेह्रथुममा, नरेन्द्र कार्की प्युठानमा, श्यामबाबू ओलिया कालिकोटमा, सिद्धराज न्यौपाने पाँचथरमा र हरी ओली दैलेखमा सरुवा भएका छन्। डोल्पामा नारायण रन्जितकार, मुगुमा भुवनेश्वरप्रसाद शाह र जुम्लामा लालबहादुर धामीको सरुवा भएको छ।
काठमाडौं उपत्यकाभित्र चापागाउँ, कालिमाटी, महाराजगन्ज, कमलपोखरी, जगाती वृतका प्रमुख फेरिएका छन्।