नेकपाका प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम प्रहार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण ३१, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन ३१, काठमाडौं । नेकपा प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा बिहीबार राति नचिनेका मान्छेको समूहले बम प्रहार गरेको छ । प्रहरीका अनुसार रुपन्देहीको सैनामैना ७ रामापुर कलौनीमा रहेको ढकालको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो ।

ढकाल सुत्ने कोठा, बुवाआमा सुत्ने कोठा र उनले प्रयोग गर्ने गरेको लु १ ज ४५६ नम्बरको गाडीलाई लक्षित गरेर बम प्रहार गरिएको छ । घरमा पत्नी, आमा, बुवा रहेको बेला बम प्रहार भएको हो ।

प्रदेश ५ का नेकपाका प्रमुख सचेतक ढकाल भने काठमाण्डौको मेडिसिटी अस्पतालमा गएको चार दिनदेखि उपचाररत छन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस