चलायमान बन्दै नेकपा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र १, आईतबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै विभाग, सातै प्रदेश कमिटीको पूर्णता र जनसंगठनको नेतृत्व टुंग्याएसँगै अब पार्टी चलायमान हुने देखिएको छ ।

लामो समयदेखि पार्टीका संगठनमा जिम्मेवारी तोकिन नसक्दा र विचारको बहस नहुँदा नेता कार्यकर्ता बेरोजगार थिए । जसका कारण कार्यकर्तादेखि नेतासम्ममा आक्रोश सिर्जना हुँदै आएको थियो ।

नेकपाले आफ्ना सबै महत्वपूर्ण निकायमा नेताहरूलाई जिम्मेवारी दिएसँगै अब केन्द्रदेखि जिल्लासम्ममा पार्टीका गतिविधि समेत क्रियाशील हुनेछन् भने नेता तथा कार्यकर्तामा देखिँदै आएको आक्रोशसमेत मत्थर हुने विश्वास आम कार्यकर्ताले गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले केन्द्रीयस्तरमा गठन भएका सबै विभागमा प्रमुख र उपप्रमुख टुंग्याएको थियो । यस्तै, यसअघि नै पार्टीले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्जसहित सदस्य चयन गरिसकेको छ । नेकपाको जिल्ला कमिटीले पूर्णता पाइसकेका छन् ।

‘पार्टी एकताको करिब डेढ वर्षभित्रमा पार्टीलाई एक ढिक्का बनाउने काममा पार्टी नेतृत्व सफल भएको छ,’ पार्टी प्रवक्ता एवं प्रचार प्रसार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले भने, ‘अब पार्टी एकताको प्रमुख कामहरू सबै सकिएकाले पार्टीको गतिविधि चलायमान हुनेछन् ।’ सबै विभाग गठन भइसके पनि पार्टीको पोलिटब्युरो कमिटी भने अझै टुंगिन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस