अर्काे निर्वाचनसम्म प्रधानमन्त्री मै हो, धैर्य गरौँः प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगमी निर्वाचनसम्म आफू नै प्रधानमन्त्री बनिरहने बताएका छन् । उनले आफूलाई आगामी निर्वाचनसम्म पदबाट हटाउन नसकिने संकेत दिए ।

पार्टी एकताका बेला प्रचण्ड र ओलीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । उक्त सहमतिमा ओली र दाहालले हस्ताक्षर गरेका छन् ।

तर आइतबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले भने ‘अर्काे निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैन, साथिहरुलाई अर्काे निर्वाचनसम्म धैर्य गर्न आग्रह छ।’

‘अहिले प्रधानमन्त्री ओली पद जाने भो भनेर लगलग लगलग काँपिरहेका छन् भन्ने सुन्छु, हो पद सबैको जान्छ, पद नगएको मैले संसारमा कोही देख्या छैन, राजा महाराजा र बादशाहहरुको पनि कुनै न कुनै दिन पद गएको छ’, प्रधानमन्त्री ओलीले भने ‘अर्काे निर्वाचनपछि मलाई पनि बस्न मन छैन, काँप्यो भन्नु दिवा सपना हो । ’

ताजा अपडेट

खोजी गर्नुहोस