नेकपाको सचिवालयमा थप तीनलाई लैजाने वरिष्ठ नेता नेपालको प्रस्ताव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र १, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शुक्रवार बसेको सचिवालय बैठकमा तीन जना सचिवालय सदस्य थप्ने प्रस्ताव पेश भएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालले भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तीनैलाई सचिवालय सदस्यमा बढुवा गर्ने प्रस्ताव पेश गरेका हुन् ।

आइतवार लोकान्तरसँग कुरा गर्दै ज्ञवालीले भने, ‘उहाँले हामी तीनजनालाई सचिवालयमा लैजाने प्रस्ताव पेश गर्नुभएको रहेछ तर त्यसउपर कुनै छलफल नभएको मलाई जानकारी आएको छ । कसैले हुन्छ पनि भन्नुभएन र हुन्न पनि भन्नुभएन ।’

सचिवालय बैठकमा आफ्नो बढुवा हुने प्रस्ताव मात्र आएकाले यसबारेमा छलफल हुने ज्ञवालीले बताए । ज्ञवालीले आफूलाई वामदेव गौतमपछिको सिनियर नेता दाबी गर्दै भने, ‘वामदेव गौतमपछिको सिनियर मै हुँ । तर प्रस्तावमाथि छलफल र पारित नभएकाले मैले यससम्बन्धमा कुनै प्रतिक्रिया दिन चाहन्न ।’

ताजा अपडेट

खोजी गर्नुहोस