आश्विन १८,भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा वर्तमान नेकपा नेतृत्वका जनप्रतिनिधिले जनताको चाहना र आवश्यकता अनुसारको चारैतिर विकासको मुल फुटाएको बताएका छन । अखिल नेपाल महिला संघ भक्तपुरले आयोजना गरेको नेपालीहरुको महान् चाड विजया दशमी, दिपावली, छठ तथा नेपाल सम्वतको अवसरमा चाँगुनारायमा भएको कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरमा नेकपाको विजयीसँगै जनताले विकासको अनुभुति हुने तथा प्रत्यक्ष देख्ने गरी काम भइरहेको बताए । सडक, ढल, खानेपानी, स्वास्थ्य, शिक्षा, प्राणी उद्यान केन्द्र, वीर अस्पताल, सभागृह, अन्तराष्ट्रिय रंगशाला, सुरुङ मार्ग, कर्वोड हल, पुललगायतका असंख्य विकासका कामहरु जनताको चाहनालाई पुरा गर्ने गरी भइरहेको बताए ।
भक्तपुरको विकास देखेर प्रमुख प्रतिपक्षी दल कांग्रेस तथा नेपाल मजदुर किसान पार्टीको निद नै हराम भएको बताउँदै कांग्रेसले हिन्दु धर्मको नामको लौरो टेकेर राजनीति बचाउँला भन्ने सपना नदेख्न समेत चुनौति दिएका छन । कुनै जाती, धर्म तथा सम्प्रदायले राजनीति बचाउने अनावश्यक खेलमा लाग्नुभन्दा जनताको विकास र समृद्धिको चाहनालाई पुरा गरेर आफ्नो राजनीतिलाई स्थापित गर्न चुनौति दिए ।
सामन्तवादको अवशेषलाई अन्त्य गराउनुपर्ने अहिलेको आवश्यकता रहेको औल्याउँदै सांसद बस्नेतले आर्थिक क्रान्तिको साथमा समाजवादको स्थापना गर्ने कार्यमा नेकपा तिव्र गतिका साथ अघि बढिरहेको बताए । सामन्तवादको जडमा कांग्रेस तथा नेमकिपा रहेको बताउँदै उनले भने, ‘नेता र जनताको सम्बन्ध माछा र पानी जस्तै हो, पानी भए माछाको फुर्ति बढ्छ, किरा फट्याङ्ग्रा खान्छ तर जुनदिन पानी सकिन्छ अति त्यो दिन माछाको अस्थित्व समाप्त हुन्छ र किराले माछालाई खाइदिन्छ । त्यसैले जनप्रतिनिधि माननीय हैन, जनता चाँही माननीय हो । सामान्तवादको अवशेषका कारण बाबुराम भट्टराई नेकपामा नअटेर मधेसवादी दलमा आसनग्रहण गर्न पुग्नुभएको छ ।’
नेकपाका महिलाले रगत बगाएर स्थापीत हक अधिकारलाई कसैले पुनःसामान्तवादको अवशेषमा पुर्याउने कसैले सपना नदेख्न चेतावनी दिँदै सांसद बस्नेतले पैसा र छोटे सामन्तवादका नाइकेले गर्दा अब नेपाली जनताले भोट दिने अवस्था नरहेको दावी गरे । अनावश्यक कामको पछि लागि कठित वुद्धिजीवि भनौंदाले सरकारको विरोध गरेर कुनै असर नपर्ने बताउँदै उनले भ्रष्टाचारमा जसलाई कारवाही गर्नुपर्ने थियो त्यसलाई नै कांग्रेसले आफ्नो नेता बनाउँदै पश्रय दिने गरेको बताए ।
आधिकारीक लाइसेन्सवाला भ्रष्टाचार कांग्रेसका नेताहरु उदाहरण प्रस्तुत गर्दै पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले भू–माफिया नेपाली कांग्रेस, नेमकिपा तथा राप्रपा रहेको बताए । नेमकिपाले सल्लाघारीको नेपाल ट्रष्टको जग्गा समेत हड्प्ने कुचेष्ठा गरेको जानकारी गराउँदै उनले भने, ‘भक्तपुरमा चारदिन चारतिर गएर हेर्नुहोस्, चारैतिर विकास भएकै छ । नेकपाको नेतृत्वले भक्तपुरमा गरेको विकासका कारण नेपाली कांग्रेस तथा नेमकिपाको निदहराम भएको छ । जनताको इच्छा पुरा गर्नु वर्तमान नेकपा नेतृत्वका जनप्रतिनिधिको जिम्मेवारी भएको जनतासँग गरिएका बाचा शतप्रतिशत पुरा हुन्छ ।’
उनले लैङ्गिक पहिचानको स्थापना तथा विभिन्न ठाउँमा विभेदको अन्त्य गराउने पार्टी नै नेकपा भएको बताउँदै महिलामा नेतृत्वको दावी गर्ने अझै पनि अभाव रहेको दुखेसो व्यक्त गरे । उनले महिला निर्देशन आउन साथ काम गर्ने मात्र नभई निर्देशन दिन सक्ने गरी सक्षमताको विकास गर्नुपर्नेमा जोड दिँदै भने, ‘महिलाले सिटी बज्ना साथ मौदानमा जाने मात्र हैन, नेतृत्वमा समेत जान सक्ने गरी क्षमताको विकास गर्नुपर्छ ।’ आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा तन मन दिएर गाउँ गाउँ तथा वस्ती वस्तीमा नेता तथा कार्यकर्ताहरु लाग्न निर्देशन समेत दिए ।
नेकपाका केन्द्रीय सदस्य तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नेकपाको नेतृत्वले देशैभर विकासको विगुल फुकेको बताउँदै मुलुकको विकास र समृद्धी गर्न नेकपाको जनप्रतिनिधिको अभिभारा भएको उल्लेख गरे । उनले नेपालको विकास नेकपा बाहेक अरुले गर्न नसक्ने समेत ठोकुवा गरे ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद प्रतिमा श्रेष्ठ, स्वरस्वती बाटी, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, अनेमसंघ भक्तपुर अध्यक्ष तथा चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना बाँस्तोलालगायतले शुभकामना व्यक्त गरेका थिए ।