युवा संघको एकता टुंगियो, कुन जिल्लामा कसको नेतृत्व ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक १७, आईतबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले केन्द्रमा एकता भएको पाँच महिनापछि सबै जिल्ला कमिटीको एकीकरण टुंगो लगाएको छ ।

संघको शनिबार बसेको बैठकले भागबण्डाका आधारमा एकीकरण टुंगो लगाएको हो ।

७७ जिल्ला मध्ये तत्कालीन एमाले निकट युवा संघले ४२ र माओवादी निकट वाईसीएलले ३५ जिल्ला अध्यक्ष पाउने गरी भागबण्डा टुंग्याएको हो ।

एउटाले अध्यक्ष पाएको ठाउँमा अर्को इन्चार्ज रहने प्रावधान पनि सहमतिमा जुटाइएको छ । यसआधारमा ४२ मा तत्कालीन माओवादी निकट वाईसीएलले इन्चार्ज पाएको छ भने एमाले निकट युवा संघले ३५ जिल्ला इन्चार्ज पाएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै युवा संघले एकताको काम सकिएको जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस